काठमाडौं । राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्ने कानुन मन्त्रीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभाका सांसदहरुले आपत्ति जनाएका छन् ।
बिहीबार बसेको बैठकमा सांसदहरूले राष्ट्रिय सभाले राष्ट्रिय सभाका सांसदहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्ताले सामाजिक सञ्जाल वा भाषणमार्फत गलत तथा भ्रामक सूचना सम्प्रेषण गरे कारबाही गर्ने बताएको स्मरण गराउँदै कानुन मन्त्री गौतमलाई कारबाही गर्न माग गरेका छन् ।
उनले राष्ट्रिय सभाले कुन कानुन र कहिले रोकेको हो ? भन्ने प्रश्न गर्दै त्यसको विवरण सार्वजनिक गर्न पनि चुनौती दिएका छन् ।
मन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके पदबाट राजीनामा दिनुपर्ने उनले भनाई छ ।

प्रतिक्रिया