काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
बजारमा देखिएको खाना पकाउने ग्यासको तीव्र अभाव र कालोबजारी हुनुमा उद्यमी व्यवसायीको बदमासी प्रमुख कारण रहेको अभिव्यक्ति दिएपछि उनी
विवादमा तानिएकी थिइन् ।
उद्योगीहरूले मन्त्रीको अभिव्यक्तिको विरोध गर्दै संसदीय समिति र प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएपछि दबाबमा पर्नुभएकी मन्त्री यादवले भावुक बन्दै राजीनामा पत्र बुझाएकी हुन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता दीपक शाह पदमुक्त भइसकेका छन् ।
शाहले आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्ति दिलाएको र निरन्तरता दिएको आरोप पुष्टि भएपछि गत चैत २५ गते उनलाई पदमुक्त गरिएको थियो।
उता विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका वित्तीय विषयमा गम्भीर प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङको भने सरकारमा पुनः कमब्याक भएको छ। छानबिन र राजनीतिक शक्ति सन्तुलनका बिच उनलाई पुनः गृहमन्त्री पदमा नियुक्त गरिएको छ।
प्रधानमन्त्री शाहले २०८२ चैत १३, २४, २७ र २०८३ वैशाख ९, ३१ र जेठ २६ गते मन्त्रिपरिषद् बैठक विस्तार गरेका थिए । १८ सदस्यीय मन्त्रिपरिषद्मा रक्षामन्त्री प्रधानमन्त्री आफैले राखेका छन् ।

प्रतिक्रिया