ब्रिक्स सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगे सी जिनपिङ

ब्रिक्स सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगे सी जिनपिङ


काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ सन् २०२६ को ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका छन् । जिनपिङ सवार विमान दिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको हो ।

सी यसअघि सन् २०१९ मा भारत गएका थिए । त्यस क्रममा चेन्नईनजिकै मामल्लापुरममा भारत र चीनका नेताबीच अनौपचारिक शिखर वार्ता भएको थियो ।

यसैबीच, भारतका लागि चिनियाँ राजदूत शू फेहोङले शुक्रबार राति एक्समा चीन र भारत राष्ट्रपति सी जिनपिङ तथा प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय भेटवार्ताको तयारीमा जुटेको बताएका छन् ।

सी दिल्ली आइपुग्नुअघि नै ‘चाइना सदर्न एयरलाइन्स’ले ६ वर्षपछि भारत र चीनबीचको प्रत्यक्ष उडान सेवा पुनः सुरु गर्ने घोषणा गरेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार एयरलाइन्सले शनिबार आगामी सेप्टेम्बर २१ देखि ग्वाङ्झाउ र नयाँदिल्लीबीच नियमित उडान पुनः सुरु हुने जनाएको छ ।