काठमाडौं । बाढीपीडितको राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गरेर थप मानवीय क्षति निम्ताएको सरोकारवालाहरूले आरोप लगाएका छन् ।
शनिबार राजधानीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनीहरूले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनका लागि दुरुपयोग गरेको समेत आरोप लगाए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरूको राहत तथा उद्धार कार्यमा सरकारी उदासिनता तथा गैरजिम्मेवारी कारण ठूलो संख्यामा मानवीय क्षति भएको जनाए ।
त्रिपाठीले वर्तमान सरकारले दुईतिहाईको दम्भ प्राकृतिक विपत्तिमासमेत देखाएको आरोप लगाउँदै भने,‘जनमतको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बढीपीडित राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत देखापर्यो ।’
गणेश नेपालीको आत्मदाह, माइतीघरमा लक्ष्मीदेवीको आत्मदाह प्रयास, सप्तरीमा सडकमै सुत्केरी हुनुपर्ने बाध्यता, सुकुम्बासी बस्तीमा डोजर, बीमा कार्यक्रम बन्दलगायतका घटनाले वर्तमान सरकार उच्च वर्गको सेवक भएको आरोप लगाए ।
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बाढीपीडितको राहत तथा उद्धारका लागि सरकारी कोषमा जम्मा भएको अर्बौं रकम थुपारिएको र १० प्रतिशतभन्दा कम परिचालन गरिएको आरोप लगाए ।
वर्तमान सरकारले तत्का लागि अन्तराष्ट्रिय निकायहरूलाई उद्धार कार्यमा अनुमति नदिँदा थप मानवीय क्षति भएको जनाए । जेन जी आन्दोलनलाई अपहरण गरी सोहीको जगमा दुईतिहाई प्राप्त गरेको जनविरोधी सरकार रहेको आरोप लगाए ।
भण्डारीले पुरानाको असन्तुष्टि पोख्न जनताले रास्वपालाई अत्यधिक मत दिएर ठूलो गल्ती गरेको जिकिर गरे ।
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियारले वर्तमान सरकारले बढी पीडितका लागि एकद्वार प्रणाली लगाएर परिस्थितिलाई थापा असहज सहजभन्दा हसहज बनाएको आरोप लगाए ।
श्रम संस्कृति पार्टीका युवा नेता निर्मल परियारले वर्तमान सरकारले गरिव जनतालाई उठिवास लगाउने खोजेको र प्राकृतिक विपद्मा परेका जनताको राहत तथा उद्धारमा समेत खेलवाड गरेको आरोप लगाए ।
समृद्धि फाउण्डेसनका कार्यकारी निर्देशक विवेक थापाले आफू रसुवालगायतका ठाउँमा गएर राहत सामग्री वितरण गरेको जानकारी दिए ।
उनले बाढीपीडितहरूलाई अत्यावश्यक सामग्रीको पनि अभाव भएको जानकारी दिए । जेन जी अभियन्ता सुप्रिया नेपालीले जेन जी आन्दोलनलाई हाइज्याक गरेर बनेको वर्तमान सरकार जनविरोधी भएको बताइन् ।

प्रतिक्रिया