काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
मंगलबार बसेको न्याय परिषद्को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैबीच, न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई रजिस्ट्रारमा बढुवाका लागि सिफारिस गरेको छ । आयोगको मंगलबार बसेको बैठकले सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतको रजिस्ट्रार पद रिक्त हुने भएकाले आयोगले नयाँ रजिस्ट्रारका लागि कट्टेल र दाहालको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया