काठमाडौं । दशैँ-तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै बैंकहरूले अब एटिएम मेसिनबाटै रु.१०० का साना नोट उपलब्ध गराउने भएका छन्।
यसअघि ५०० र १००० रुपैयाँका नोट मात्र निस्कने एटिएममा अब १०० रुपैयाँको नोट पनि राखिने भएको हो।
तर, सबै एटिएम मेसिनमा १०० का नोट राख्ने प्राविधिक पूर्वाधार (क्यासेट) नभएकाले यो सुविधा सबै एटिएमबाट भने उपलब्ध नहुने बैंकहरूले जनाएका छन्। साना नोटका लागि बैंकका काउन्टरमा लाग्ने भीड कम गर्न यो कदम चालिएको हो।

प्रतिक्रिया