काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि उनले नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए। हितेन्द्र देव शाक्य सरकारले ल्याएको अध्यादेशबाट पदमुक्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो।
कार्यकारी निर्देशक बनेका श्रेष्ठले भारतको अलिगाड मुस्लिम युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसबाट सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

प्रतिक्रिया