काठमाडौं । भारतले नेपालका बाढीपहिरो प्रभावितका लागि थप ११ टन राहत सामग्री पठाएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका लागि औषधि, फोरेन्सिक सामग्री, टेन्ट, हाइजिन किट, स्लीपिङ ब्यागलगायत अत्यावश्यक सामग्री पठाइएको जानकारी दिएका हुन् ।
जयशंकरले भारतले नेपालको पुनःस्थापना तथा पुनरुत्थानमा निरन्तर सहयोग गरिरहेको बताएका छन् । उनले ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत नेपाललाई सहयोग जारी रहेको उल्लेख गरेका छन् ।
यसअघि पनि भारतले नेपालमा बाढीपहिरोपछि उद्धार तथा राहतका लागि विभिन्न चरणमा राहत सामग्री, उपकरण र विशेषज्ञ टोली पठाउँदै आएको छ ।

प्रतिक्रिया