काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका भाग लिँदै उनले यस्तो बताएका हुन् ।
कोषको लगानीका क्षेत्र विस्तार गर्ने सरकारको प्रश्तावप्रति असहमति जनाए । सांसद तामाङले रियल इस्टेट व्यवसायमा लगानी गर्ने सरकारी प्रश्ताव जोखिमपूर्ण रहेको औंल्याउँदै यसले वित्तीय संकट निम्त्याउन सक्ने चेतावनी दिए ।

प्रतिक्रिया