मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

एकेडेमीले बुधवार पत्रकार सम्मेलन गरी असोज १२ गतेदेखी १७ गतेसम्म लुम्बनी प्रदेशको बुटवलमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका ८ वटा टोली सहभागी हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।