काठमाडौं । त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले दिउँसो १२ः४० बजे सूचना जारी गर्दै त्रिशूली नदी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।
महाशाखाले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा नदी किनार हुँदै यात्रा गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया