कांग्रेस कास्की १ को सभापतिमा सरोज केसी विजयी

कांग्रेस कास्की १ को सभापतिमा सरोज केसी विजयी


पोखरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनी विजयी भएका हुन् । केसीले निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले हराए ।

९ सय ७० मत खसेकोमा केसीले ४ सय ७२ मत पाए । गुरुङले ४ सय ११ मत ल्याए । सभापतिका अर्का उम्मेदवार अप्सरा श्रेष्ठले भने ७० मत मात्र ल्याइन् । यसैगरी सहसचिव पदमा २ सय ७७ मत ल्याएर प्रताप बानियाँ निर्वाचित भएका छन् ।

विद्यार्थी राजनीतिबाट काँग्रेसमा लागेका केसी लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नरेन्द्र थापा (नरेन) सभापतिमा सर्वसममत निर्वाचित भए भने (ख) को सभापतिमा अर्जुन गुरुङ निर्वाचित भए ।