काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पुरुष एकदिवसीय क्रिकेट वरीयतामा नेपालको स्थान एक स्थान सुधार भएको छ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ। नेपालले ३३ खेलबाट ९३९ रेटिङ अंकसहित २८ रेटिङ पाएको छ।
यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो। पछिल्लो वरीयतामा नामिबियालाई पछि पार्दै नेपाल १६औँ स्थानमा पुगेको हो। नामिबिया पनि २८ रेटिङसहित १७औँ स्थानमा छ।
वरीयताको शीर्ष स्थानमा भारत रहेको छ। भारतले ३६ खेलबाट ४१२२ अंकसहित ११५ रेटिङ पाएको छ। दोस्रो स्थानमा न्युजिल्यान्ड १०९ रेटिङसहित छ भने दक्षिण अफ्रिका १०४ रेटिङसहित तेस्रो स्थानमा छ।
अष्ट्रेलिया १०२ रेटिङसहित चौथो, पाकिस्तान १०० रेटिङसहित पाँचौँ र इंग्ल्यान्ड ९५ रेटिङसहित छैटौँ स्थानमा छन्। श्रीलंका पनि ९५ रेटिङसहित सातौँ स्थानमा छ।
अफगानिस्तान आठौँ, बंगलादेश नवौँ र वेस्ट इन्डिज दशौँ स्थानमा छन्। जिम्बाब्वे ११औँ, आयरल्यान्ड १२औँ, स्कटल्यान्ड १३औँ, नेदरल्यान्ड्स १४औँ र अमेरिका १५औँ स्थानमा छन्।
नेपालभन्दा तल नामिबियापछि ओमान १८औँ, यूएई १९औँ र क्यानडा २०औँ स्थानमा छन्।
नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार खेल्दै आएको भए पनि एकदिवसीय वरीयतामा अझै माथि उक्लिन चुनौतीपूर्ण अवस्था छ। पछिल्लो वरीयताले भने नेपाललाई १६औँ स्थानमा पुर्याएको छ। एसोसिएट्स टिममा स्कटल्यान्डको सबैभन्दा राम्रो अवस्थामा वरीयता छ । स्कटल्यान्ड १३ औँ स्थानमा छ भने नेदरल्यान्ड्स १४ औँ र अमेरिका १५ औँ स्थानमा छ । २० टिम मात्र ओडीआई मान्यता प्राप्त छन् ।

प्रतिक्रिया