काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) पदको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार खुला तर्फका केन्द्रीय सदस्य पद (मतपत्र नं. ४) को मतगणना भोलि बिहान ८:०० बजेदेखि सुरु हुन लागेको हो ।
मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगरमा हुनेछ ।
निर्वाचन समितिले जारी गरेको विशेष नोट अनुसार केन्द्रीय सदस्यका उम्मेदवारहरूको हकमा मतगणनास्थलमा उम्मेदवार स्वयं बाहेक कुनै पनि प्रतिनिधि राख्न नपाइने व्यवस्था गरिएको जानकारी सदस्य सचिव राजु कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया