काठमाडौ । तनहुँको आँबुखैरेनी गाउँपालिका- ६, डुम्रीडाँडास्थित सडकमा बोलेरो दुर्घटना हुँदा एक नजाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, सोमबार साँझ बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो उकालोमा ब्याक भई सडकको किनारबाट करिब सात मिटर तल नालीमा खसेको छ। दुर्घटनामा सात जना घाइते भएका थिए।
घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा आँबुखैरेनी गाउँपालिका(६, खापस्वाराका ४९ वर्षीय कबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन्। उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइहरेको छ। बोलेरो चालक आँबुखैरेनी गाउँपालिका-६, हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया