काठमाडौं । सरकारले देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि साढे ६ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयहरूलाई लक्षित गर्दै ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको हो। शिक्षामन्त्री सस्मित पोखरेलले पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको जानकारी दिनुभएको छ।
उक्त बजेटबाट प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले आधुनिक भवन, प्रयोगशाला र पुस्तकालय निर्माण गरिनेछ।
मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप र केहीमा अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै शैक्षिक वातावरणलाई सुदृढ बनाउन यो कदम चालिएको बताउनुभएको छ।

प्रतिक्रिया