मिडियाको चर्को दबाबपछि, अन्ततः राजीनामा दिँइन् ट्रम्पकी ह्वाइट हाउसकी प्रेस सचिव

मिडियाको चर्को दबाबपछि, अन्ततः राजीनामा दिँइन् ट्रम्पकी ह्वाइट हाउसकी प्रेस सचिव


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जाकारियाले पदबाट राजीनामा र्दिएकी छन् ।
ह्वाइट हाउसमा आयोजित आफ्नो पहिलो प्रेस ब्रिफिङलाई लिएर चौतर्फी आलोचना र योग्यतासम्बन्धी विवाद चुलिएपछि उनले पद छाड्ने निर्णय लिएकी हुन् ।
मङ्गलबार १५ मिनेटभन्दा कम समय चलेको पहिलो ब्रिफिङमा तीन वटा मात्र प्रश्न सोध्न दिएपछि मिडियाले उनको तयारीमाथि कडा प्रश्न उठाएको थियो। राजीनामा घोषणा गर्दै जाकारियाले राष्ट्रपति ट्रम्प एक दयालु र सानदार नेता भएको बताएकी छन् । भने ट्रम्पले पनि मिडिया जाकारियाप्रति अति कठोर भएको टिप्पणी गरेकी छन् ।