काठमाडौं । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ।
स्थानीय ५५ वर्षीय कमल परियार शनिबार बिहान आफ्नै घरको बरण्डामा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार परियारको टाउको, हात र खुट्टामा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव भेटिएको हो। घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार बरामद गरिएको र विगत चार वर्षदेखि एक्लै बस्दै आएका परियारको हत्यामा संलग्न फरार व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया