काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित एवं प्रतिभाशाली फरवार्ड विमल घर्तीमगरले मात्र २८ वर्षको उमेरमा व्यावसायिक फुटबल करियरबाट सन्न्यासको घोषणा गरेका छन्१
सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै उनले बुटवलबाट सुरु भई राष्ट्रिय टोलीसम्म पुगेको आफ्नो लामो र चुनौतीपूर्ण फुटबल यात्रालाई आधिकारिक रूपमा टुङ्ग्याएको घोषणा गरेका हुन्।
केही समयअघि भविष्यको खोजीमा अष्ट्रेलिया पलायन भएका विमलले देशका लागि खेल्दा सधैँ मनैदेखि खेलेको र आफ्नो सबैथोक फुटबललाई नै दिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया