नोटमा केरमेट, स्टिच र अबिर दल्दै हुनुहुन्छ ? होसियार, जानाजान नोट बिगार्नेलाई ३ महिना जेल सजाय

नोटमा केरमेट, स्टिच र अबिर दल्दै हुनुहुन्छ ? होसियार, जानाजान नोट बिगार्नेलाई ३ महिना जेल सजाय


काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली मुद्रा (नोट)मा केरमेट गर्ने, स्टिच लगाउने वा पूजाआजामा अबिर तथा रङ दल्ने कार्य गरेमा तीन महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ।

केही, बैंक तथा वित्तीय संस्थाहरूले समेत नोटको बन्डलमा स्टिच लगाउने र सर्वसाधारणले कारोबार वा पूजाका क्रममा नोटमा जथाभावी लेख्ने वा रङ लगाउने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले यसलाई कूटनैतिक तथा कानुनी रूपमा रोक्ने कदम चालेको हो।
केन्द्रीय बैंकले नोटमा टाँचा वा स्टिच नलगाएर ब्यान्ड प्रयोग गर्न तथा नोटको जतन गर्न सबै बैंक तथा वित्तीय संस्था र आम नागरिकलाई कडा निर्देशन जारी गरेको छ।