काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक सिरिजमा नेपाल क्यानडासँग पराजित भएको छ ।
अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल २४ रनले पराजित भएको हो ।
क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रन बनाएर अलआउट भयो ।
नेपालका लागि अर्जुन कुमालले ८७ रन बनाए ।
यसअघि अन्तिम बलमा अलआउट भएर क्यानडाले २५६ रन बनाएको थियो ।
क्यानडाका लागि युवराज सामराले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १०५ रन बनाए ।
उनलाई नेपालका लागि दीपेन्द्रसिंह ऐरीले आउट गरे । यस्तै, नेपालका लागि ललित राजवंशीले ४, कप्तान सन्दीप लामिछाने ३, दीपेन्द्रसिंहले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।

प्रतिक्रिया