काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउँदै नेपालले ‘ओडीआई’ स्टाटस जोगाएको छ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा ओमानलाई १० रनले हराउँदै नेपालले लिग २को शीर्ष ६ मा स्थान बनाउँदै ‘ओडीआई’ स्टाटस जोगाएको हो ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमान २७० रनमा रोकियो ।
ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले १२० बलमा १३९ रनको शतकीय साझेदारी गरे । पौडेलले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाउँदा ऐरीले ३ चौका र ४ छक्कासहित ६९ रन जोडे ।
ओपनर देव खनालले ५७ रनको अर्धशतकीय पारी खेल्दा अर्का ओपनर आशिफ शेख भने ७ रन बनाए । इशान पाण्डेले २९ रन बनाए ।

प्रतिक्रिया