काठमाडौं । सरकारले मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धानसम्मको योजना अघि सारेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेको श्वेतपत्र सार्वजनिक गरेका छन् ।
नेपाल मौसम विज्ञान विभागले श्वेतपत्र जारी गर्दै मौसमको पूर्वानुमानलाई थप विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यसहित आधुनिक प्रविधि, एआई, उच्च क्षमताको कम्प्युटिङ प्रणाली र हिमाली जलवायु अनुसन्धानलाई प्राथमिकतामा राखेर सुधार योजना अघि सारेको हो ।
विभागको श्वेतपत्रको मस्यौदामा मौसम राडार सञ्जाल विस्तारदेखि स्थानीय तहसम्म पूर्वसूचना पु¥याउने, हवाई मौसम सेवा व्यवस्थित गर्ने र जलवायु परिवर्तनका प्रभावबारे अध्ययन गर्ने योजनासम्म समेटिएका छन् ।

प्रतिक्रिया