काठमाडौं । बलिउडका दबङ स्टार सलमान खान र सुन्दरी ऐश्वर्या रायबीचको प्रेम सम्बन्ध र त्यसबेलाका अनकट किस्साहरू फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल बनेका छन्। चर्चित फिल्म ‘हम दिल दे चुके सनम’ को सुटिङका क्रममा घटेको एउटा निकै आक्रामक घटना अहिले चर्चाको शिखरमा छ।
प्राप्त विवरण अनुसार, फिल्मको एक गम्भीर र भावनात्मक रोमान्टिक सिनमा सलमान खानले ऐश्वर्या रायको हात समात्नुपर्ने थियो। तर, सलमानले पटक(पटक अति नै हल्का र क्याजुअल पारामा ऐश्वर्याको हात छोएपछि निर्देशक सञ्जय लीला भन्सालीको पारो ह्वात्तै तातेको थियो। भन्सालीले सिधै क्यामेरा रोकेर सिङ्गो सेटकै अगाडि सलमान खानमाथि कडा आक्रोश पोख्दै ुदृश्यको गम्भीरता मारेर सस्तो तरिकाले हात नछुउनु चेतावनी दिएका थिए।
भन्सालीको उक्त हप्ताइ र आक्रामक निर्देशनपछि मात्र सलमान खानले वास्तविक र जीवन्त अभिनय दिएका थिए। पर्फेक्सनका लागि कलाकारलाई सेटमै कडा हप्ताउन पछि नपर्ने भन्सालीको सोही कडा शैलीका कारण फिल्म ‘हम दिल दे चुके सनम’ बलिउड इतिहासकै सर्वाधिक सफल फिल्म बन्न पुगेको थियो।

प्रतिक्रिया