काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ सहरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक मर्मलाई बुझेर मात्र यसको वास्तविक विकास सम्भव हुने बताउनुभएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले नागरिकहरूले सहरलाई केवल भौतिक रूपमा प्रयोग गर्ने वा दौडिने माध्यम मात्र बनाउन नहुने उल्लेख गर्नुभयो। उहाँले काठमाडौँको सम्पदा, माटो र मौलिकतालाई भित्री हृदयदेखि महसुस गरी अपनत्व ग्रहण गरेमा मात्र सहर सफा, सुरक्षित र जीवन्त बन्ने धारणा व्यक्त गर्नुभयो।
सहरी विकास र विकास निर्माणका क्रममा स्थानीय पहिचान र जनसहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले काठमाडौँवासीलाई आफ्नो सहरप्रति जिम्मेवार र संवेदनशील बन्न आह्वानसमेत गर्नुभएको छ।

प्रतिक्रिया