काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (NPL) को सफलताको कामना गर्दै सम्पूर्ण खेलाडी, आयोजक र खेलप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
उनले एनपीएलको माध्यमबाट नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा अझ धेरै सफलता र उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
देशमा क्रिकेटप्रतिको क्रेज र युवाहरूको उत्साहलाई सम्बोधन गर्दै थापाले यस्ता ठूला प्रतियोगिताहरूले नेपाली खेलकुदको व्यावसायिक विकासमा कोसेढुङ्गा साबित हुने बताए। खेलाडीहरूको प्रतिभा उजागर गर्न र नेपालको पहिचान विश्वसामु उच्च बनाउन एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

प्रतिक्रिया