एनपीएलमा कडा सुरक्षा, खेलाडीलाई भीआईपी स्कर्टिङ

एनपीएलमा कडा सुरक्षा, खेलाडीलाई भीआईपी स्कर्टिङ


काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएललाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा रणनीति लागू गरेको छ।
प्रतियोगिताका लागि ११ सय २५ भन्दा बढी प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ र ललितपुरका ८ वटा होटेलमा राखिएका स्वदेशी तथा विदेशी हाइप्रोफाइल खेलाडीहरूलाई मैदानसम्म स्कर्टिङसहित ल्याउने/लग्ने व्यवस्था मिलाइएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र वरपर ड्रोन, सीसीटीभी क्यामेरा, तालिमप्राप्त कुकुर तथा २४ प्रकारका विशेष ड्युटी खटाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेको कमान्डमा रहने सुरक्षा टोलीले मैदानमा जुवा/तास, अभद्र व्यवहार वा बिना टिकट छिर्ने प्रयास गर्नेहरूविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।