काठमाडाै । नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणको उद्घाटन खेलमा देशकै लोकप्रिय युवा नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सहभागिताले क्रिकेटप्रेमी र समर्थकहरूमा अभूतपूर्व उत्साह थपिदिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले औपचारिक रूपमा बल हस्तान्तरण गर्दै प्रतियोगिताको भव्य उद्घाटन गरेका छन्।
युवा नेतृत्वको साथ र एनपीएलको अन्तर्राष्ट्रिय स्तरको चमकले नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराएको विश्लेषण गरिएको छ। दर्शकले भरिभराउ त्रिवि मैदानमा प्रधानमन्त्री शाहको आगमनसँगै राष्ट्रिय टोलीका खेलाडी, विदेशी स्टारहरू र लाखौँ खेलप्रेमीहरूमा बेग्लै जोस र ऊर्जा थपिएको छ।

प्रतिक्रिया