एनपीएललाई होम एन्ड अवेमा खेलाउन ८ सहरमा रंगशाला बनाइँदै

एनपीएललाई होम एन्ड अवेमा खेलाउन ८ सहरमा रंगशाला बनाइँदै


काठमाडौं । सरकारले नेपाल प्रिमियर लिगलाई होम एन्ड अवे अवधारणामा सञ्चालन गर्ने लक्ष्यसहित देशका आठ सहरमा क्रिकेट रंगशाला निर्माण अघि बढाएको छ ।
मन्त्री सुनिल लम्सालका अनुसार फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
उनले सरकारको योजनाअनुसार तयारी अघि बढाउन नेपाल क्रिकेट संघलाई आग्रह गरेका छन् ।