काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
दुर्घटनाका कारण अहिले राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ भने सवारी साधनहरूको लामो लाइन लागेको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ।
सडकमा दुर्घटनाग्रस्त सवारी हटाएर आवागमन सुचारु गराउने प्रयास भइरहेको छ। उक्त खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा संयमता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया