काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ नामक चक्रवातका कारण नेपालको मौसममा फेरि बदलाव आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातको आंशिक प्रभावले देशका विभिन्न भागमा मौसमी प्रणाली प्रभावित हुने देखिएको छ।
यस चक्रवातका कारण ठूलो वर्षाको सम्भावना कम रहे पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात र भीषण चिसो हावा चल्ने जोखिम बढेको छ। मौसमविदहरूले हिमाली भेगका बासिन्दा, पर्यटक तथा पर्वतारोहीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रणालीको असरका कारण देशभर चिसो ह्वात्तै बढ्ने र कतिपय पहाडी भू(भागमा हल्का वर्षाको समेत सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन गृह मन्त्रालय र मौसम पूर्वाभ्यास महाशाखाले अपिल गरेको छ।

प्रतिक्रिया