काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले पूरै २० ओभर खेलेर ३ विकेटको क्षतिमा १५७ रन बनाएको हो ।
चितवनका लागि डेविड मलानले अर्धशतकीय पारी खेले । जारी सिजनको यो पहिलो अर्धशतक हो ।
उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७० रनको योगदान गरे । कप्तान रवि बोपारा ३२ र डान माउज्ली २९ रनमा नटआउट रहे । देव खनालले १२ र अर्जुन साउदले ३ रन जोडे ।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले १–१ विकेट लिए ।

प्रतिक्रिया