काठमाडौं । एनपीएल ३ को तेस्रो खेल अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच भइरहेको छ । टस जितेको जनकपुरले कर्णालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जनकपुरका बलरले कप्तान हरमित सिंहको पहिला बलिङ गर्ने निर्णय सही सावित गरी सामान्य स्कोरमै रोकेका छन् । कर्णालीले ९ विकेट गुमाएर १३२ रन बनायो ।
कर्णालीको ब्याटिङ सुरुदेखि नै खराब रह्यो ।
पहिलो ओभरमै कर्णालीका मार्क वाट मोइन अलीको बलमा आउट भएका थिए । त्यसपछि दोस्रो ओभरमा राहुल यादवले दीपक डुम्रेको विकेट लिए । राहुलले पाँचौ ओभरमा पनि विकेट लिए । उनले पाकिस्तानी अलराउन्डर हुसेन तलतको विकेट लिएका हुन् । राहुलले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । उनले पहिलो बलमै विकेट लिएका थिए । उनको बलमा कुनै पनि ब्याटरले बाउन्ड्री हान्न सकेनन् । उनले वाइडबाट मात्र ७ रन दिएका थिए । उनको घातक बलिङमा कर्णालीले चुनौतीपूर्ण स्कोर बनाउन सकेन । राहुल ट्यालेन्ट हन्टबाट आएका १६ वर्षीय युवा फास्टबलर हुन् ।
यस्तै जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिए भने मोइन अलीले २ विकेट लिए ।
कर्णालीका लागि अरिफुल इस्लामले ४३ र पवन सर्राफले ३७ रनको योगदान दिए ।
पाकिस्तानी क्रिकेट बोर्डले खेलाडीहरूलाई एनपीएल खेल्न एनओसी नदिएको र २५ हजार डलर मागेको विषयमा विवाद चुलिएका बेला कर्णालीबाट पाकिस्तानी खेलाडी तलतले डेब्यु गरेका छन् । तर उनी ३ रन मा आउट भए ।

प्रतिक्रिया