नेपालको नयाँ प्रस्ताव मलेसियाद्धारा ठाडै अस्वीकार, पुरानै २५ म्यानपावरको सिन्डिकेट कायम रहने

नेपालको नयाँ प्रस्ताव मलेसियाद्धारा ठाडै अस्वीकार, पुरानै २५ म्यानपावरको सिन्डिकेट कायम रहने


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं । मलेसिया सरकारले नेपाली श्रमिक लैजाने सम्बन्धमा नेपाल सरकारले पठाएको नयाँ प्रस्ताव ठाडै अस्वीकार गरेको छ।

नेपालका सबै १,११४ वटै इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत कामदार लैजान नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको आग्रहलाई मलेसियाले अस्वीकार गर्दै पुरानै २५ वटा म्यानपावर कम्पनीको सिन्डिकेटलाई निरन्तरता दिने अन्तिम निर्णय गरेको छ।

मलेसियाका मानव संसाधनमन्त्री दातो श्री रामानन रामाकृष्णनले श्रममन्त्री रामजी यादवलाई पठाएको पत्रअनुसार धेरै म्यानपावर सहभागी गराउँदा अनुगमन, लेखापरीक्षण र श्रमिकको समस्या समाधान गर्न जटिल हुने तर्क गरिएको छ।

नेपाल सरकारले कूटनीतिक नोट र मन्त्रीस्तरीय छलफलमार्फत सिन्डिकेट तोड्न पहल गरे पनि मलेसियाली मन्त्रिपरिषद्‌ले पुरानै २५ मुख्य म्यानपावर र तिनका सहयोगी एजेन्सीमार्फत मात्रै कामदार लैजाने अडान कायम राखेपछि नेपाली वैदेशिक रोजगार क्षेत्रमा ठूलो तरंग पैदा भएको छ।