आईजीपी कार्कीको एक्सन: हेडक्वार्टरमा आकस्मिक रूपमा बोलाइयो पीसीसी बैठक

आईजीपी कार्कीको एक्सन: हेडक्वार्टरमा आकस्मिक रूपमा बोलाइयो पीसीसी बैठक


काठमाडाै‌ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी हेडक्वार्टरमा आकस्मिक रूपमा पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक बोलाएका छन्।

डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने यो बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ।

सरकारसँगको बढ्दो तिक्तता र राजीनामाको दबाबको चर्चा चलिरहेका बेला बोलावट गरिएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि बैठकको आधिकारिक एजेन्डा र विषयबारे हालसम्म खुलाइएको छैन, तर यसले प्रहरी प्रशासनभित्र ठूलो हलचल पैदा गरेको छ।