काठमाडाै । बंगालको खाडीमा उत्पन्न चक्रवाती आँधी ‘अर्नब’ (Cyclone Arnab) को सम्भावित प्रभावका कारण नेपालको हवाई उडान र विमानस्थल सञ्चालनमा गम्भीर जोखिम देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले हवाई सुरक्षा सतर्कता जारी गरेको छ।
बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न भागमा भारी वर्षा, तीव्र हावाहुरी, चट्याङ र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले हवाई दुर्घटना न्यूनीकरण गर्न क्यानले विशेष निर्देशन दिएको हो।
प्राधिकरणले सम्पूर्ण वायुसेवा कम्पनी, विमानस्थल कार्यालय र चालकदल (पाइलट) लाई उडान भर्नुअघि मौसम र धावनमार्गको वास्तविक अवस्था मूल्यांकन गरेर मात्रै निर्णय लिन भनेको छ।
उडान रद्द वा विमानस्थल बन्द नै नगरिए पनि जोखिमयुक्त परिस्थितिमा होल्ड गर्ने, ढिलाइ गर्ने वा वैकल्पिक विमानस्थल प्रयोग गर्ने रणनीति अपनाउन भनिएको छ। साथै, आकस्मिक उद्धार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणालीलाई जुनसुकै बेला तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

प्रतिक्रिया