काठमाडाै । राप्रपाकी प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले नेपाललाई हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मुद्दामा वर्तमान सरकारलाई खुला चुनौती दिएकी छन्।
देशमा धर्म निरपेक्षता वा धर्म सापेक्षता के चाहिन्छ भन्नेबारे सरकारले तत्काल ‘मत’ (जनमत सर्वेक्षण वा जनमत सङ्ग्रह) गराउनुपर्ने माग गर्दै उनले जनताको वास्तविक म्यान्डेट लिन सरकारसँग हिम्मत छ कि छैन भन्दै प्रश्न उठाएकी छन्।
नेता ओलीले बहुसंख्यक नेपालीहरूको आस्था, सनातन धर्म र सांस्कृतिक पहिचानलाई जबरजस्ती ओझेलमा पारिएको आरोप लगाउँदै ढिलो-चाँडो नेपाल सनातन हिन्दू राष्ट्र बनेरै छाड्ने र यसलाई कसैले रोक्न नसक्ने कडा दाबी गरिन्। राप्रपाले संविधान संशोधनको प्रक्रियामा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको मुद्दा अनिवार्य समेट्न दबाब दिइरहेका बेला ओलीको यो कडा बयानले धार्मिक र राजनीतिक वृत्तमा नयाँ बहस र तरङ्ग सिर्जना गरिदिएको छ।

प्रतिक्रिया