बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण


राँझा। बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरेको छ ।

गत आवमा तीन किलोमिटर कालोपत्र, चार किलोमिटर ग्राभेल र दुई किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाका मुख्य सडक कालोपत्र भइसकेका छन् भने भित्र सडक पनि स्तरोन्नति गरिएको छ । पालिकाले पूर्वाधार विकास कार्यक्रम, पालिकास्तरीय मर्मत कोष, समपूरक कोषबाट पूर्वाधार निर्माणमा लगानी गरेको हो । गत आवमा पूर्वाधार विकासमा रु चार करोड ८४ लाख १४ हजार ४७० खर्च भएको थियो ।

सडक निर्माणसँगै विद्यालय तथा स्वास्थ्य संस्थाका छ वटा भवन, पुल, कल्भर्ट, सिँचाइ संरचना, तटबन्ध पनि निर्माण भएका छन् ।