प्रतिकूल मौसमले ताप्लेजुङका हवाई उडान प्रभावित

प्रतिकूल मौसमले ताप्लेजुङका हवाई उडान प्रभावित


ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट देखिएको पाथीभरा डाँडा।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ का कारण बिहीबारदेखि ताप्लेजुङमा निरन्तर सामान्य वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। वर्षा र हिमपातसँगै जिल्लामा चिसो बढेको छ।

प्रतिकूल मौसमका कारण ताप्लेजुङमा हवाई उडानसमेत प्रभावित भएको छ। बिहीबार र शनिबारका दुई उडान अवरुद्ध भएका हुँदा ताप्लेजुङबाट काठमाडौँ जाने १५ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका छन्।