जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट

जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट


एजेन्सी । बढ्दो जीवनयापन खर्च शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएको बजेट कटौती र अनिवार्य सैन्य सेवा लागू गर्ने तयारीविरुद्ध जर्मनीमा जेनजीले नियन्त्रण लिन्छ अभियानअन्तर्गत सुरु भएको युवाहरूको राष्ट्रव्यापी प्रदर्शन एकाएक हिंसात्मक बनेको छ।
फ्र्याङ्कफर्ट, बर्लिन, हम्बर्ग र कोलोन जस्ता प्रमुख शहरहरूमा लाखौँको संख्यामा उत्रिएका युवा र प्रहरीबिच भिषण झडप हुनुका साथै फ्र्याङ्कफर्टका बजारहरूमा पसलका सिसा फोडेर लुटपाट मच्चिएको छ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा, बोतल र मलोटोभ ककटेल प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले वाटर क्यानन र अश्रुग्यासको प्रयोग गरेको छ। आयोजकहरूले शान्तिपूर्ण विरोधको आह्वान गरे पनि आन्दोलनभित्र घुसपैठ र चरमपन्थी समूहहरूको घुसपैठका कारण हिंसा भड्किएको भन्दै जर्मन गृहमन्त्रालयले सुरक्षा व्यवस्था कडा पारेको छ।
युरोपभरि युवा पुस्तामाझ चुलिँदै गएको यो असन्तोष र आक्रोशले जर्मन सरकार र पश्चिमा राज्यसत्तालाई ठूलो सङ्कटमा धकेलिदिएको छ।