यूएई – दक्षिण अफ्रिका लगातार महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो। अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गरेको हो।  कप्तान लाउरा उल्भराड तथा अनाके बोस्कले दोस्रो विकेटका लागि…