काठमाडौँ । बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरी हालै गएको बाढी पहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले अपूरणीय क्षति व्यहोर्नुपरेको छ । मकवानपुर इन्द्र सरोवर-३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा सिस्नेरी एकेडेमीका छ बालकको पहिरोमा परी निधन भयो । मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामाका अनुसार मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस…