जेनजी प्रदर्शनपछि माडागास्कर राष्ट्रपतिद्वारा सरकार विघटन, नयाँ प्रधानमन्त्रीका लागि आवेदन खुला

माडागास्कर- लगातार पानी र बिजुलीको आपूर्ति संकटका कारण उत्पन्न असन्तोषपछि भएको व्यापक जनप्रदर्शनका बीच माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्। सार्वजनिक रूपमा ‘जेनजी आन्दोलन’ नाम दिइएका यी प्रदर्शनहरूमा हजारौँ युवा प्रदर्शनकारीहरू गत हप्ता बिहीबारदेखि सडकमा उत्रिएका थिए। भीषण प्रदर्शनका क्रममा हालसम्म कम्तीमा २२ जनाको मृत्यु र १०० जना भन्दा बढी घाइते…