इजरायली प्रहरीद्वारा युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौँ पक्राउ

एएफपी । इजरायली प्रहरीले देशको मुख्य मजदुर युनियनमा भएको शंकास्पद भ्रष्टाचारको अनुसन्धानको एक भागको रूपमा सोमबार दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको छ। सन् १९२० मा बेलायती अनुमतिमा प्यालेस्टाइनमा स्थापना भएको हिस्टाड्रुट युनियनका आठ लाखभन्दा बढी सदस्य छन् र यसले इजरायली समाजमा महत्त्वपूर्ण भूमिका खेल्छ। “आज बिहान, इजरायल प्रहरीको ‘लाहव ४३३ नेशनल फ्राएड इन्भेस्टिगेसन युनिट’का गुप्तचरहरूले घूसखोरी,…