नेपालमा सिप्रदीले ल्याएकाे ‘इभी इभोलुसन’

काठमाडौँ । नेपालमा इलेक्ट्रिक भेहिकलको प्रयोग हुन थालेको इतिहास पल्टाउने हो भने राणाकालमा सञ्चालन भएको हेटौँडा–काठमाडौँ रोप–वेसम्म पुगिन्छ । आमयात्रुले प्रयोग गर्ने गरी इभीको प्रयोग भने २०३२ सलमा भएको देखिन्छ । त्यसबेला भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको त्रिपुरेश्वरसम्म ट्रली बस सञ्चालन भएको थियो । यो नै नेपालको पहिलो विद्युतीय सवारीसाधन हो । त्यसपछि २०५० सालताका ब्याट्रीबाट चल्ने…