सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक

प्यूठान । भृङ्गी–स्वर्गद्वारी–होलेरी सडकको भृङ्गी–स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरुको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो । सडक डिभिजन कार्यालय जस्पुर र सडक पूर्वाधार विकास कार्यालय प्यूठानले ट्राफिक सुरक्षा र पहिरो नियन्त्रणसम्बन्धी काम गर्न यातायात सञ्चालनमा रोक लगाइ काम थालेका हुन् । धार्मिक पर्यटकीय क्षेत्रमा…