लमजुङका ३९ वडामा छैनन् सचिव

लमजुङ । जिल्लाका विभिन्न स्थानीय तहका ३९ वडा सचिव नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडा सचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नुपरेको हो। जिल्लामा चार नगरपालिका र चार गाउँपालिकाका ७५ वडा कार्यालय छन्। यतिका वडामध्ये जम्मा ३६ वडामा मात्र वडासचिव रहेको बताइएको छ।…