म्याग्दी । सरकारी बजेट परिचालनबाट निर्माण भइरहेका अधिकांश योजनाहरु समयमै सम्पन्न नहुने समस्या सबैतिर व्याप्त रहेका बेला म्याग्दीमा भने एउटा सडक निर्माणको आयोजना ठेक्का अवधिभन्दा १ वर्ष अगाडि नै सम्पन्न भएको छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा…