पोखरा । बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका-१६ मा सेती नदीको बाँध खोलिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिरदेखि गतेदेखि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको बताए ।…