काठमाडौं। काठमाडौँ महानगरपालिकाले आजदेखि शहरका पसलहरुमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ । कोटेश्वर, बालाजु, महाराजगञ्ज, चावहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर बिक्री गरिरहेका पसलहरुमा गएर पहिलो पटकलाई सचेत गराईरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए । पहिलो दिन भएकाले महानगर प्रहरीले व्यापारीहरुलाई सचेत गराउँदै हिँडिरहेको तर बिक्री वितरणमा…